
काठमाडौं, १२ असार । काठमाडौंमा प्रहरीले एक बेहुलालाई बिवाह मण्डपबाटै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् ।
उनलाई नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरिएको हो । दाइजो नपुगेको भन्दै विवाद रद्द गर्ने धम्की दिएको सूचनाका आधारमा प्रहरीले उनलाई मण्डपबाटै पक्राउ गरेको हो ।
उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।















प्रतिक्रिया