
काठमाडौं, १२ असार । ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका सातजना मध्ये तीनजना रिहा भएका छन् ।
उनीहरूले पक्राउ पर्नुअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको पाइएपछि रिहा भएका हुन् । रिहा हुनेहरूमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसी रहेका छन् ।
उनीहरूले पक्राउ पर्ने सुइँको पाएपछि पहिलै अदालतबाट ‘स्टे अर्डर’ लिएर बसेका थिए । अन्य चारजनालाई भने प्रहरीले बुधबार म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।
प्रहरीले मंगलबार भाटभटेनीका मालिक मीनबहादुर गुरूङसहित सातजनालाई पक्राउ गरेको थियो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो ।















प्रतिक्रिया