
काठमाडौं, १२ असार । सरकारले देशका बिभिन्न सात स्थानलाई औधोगिकग्राम घोषणा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका कालिकोट लगायत बिभिन्न ठाँउमा सात वटा औधोगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकले नेपाल दुरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रुपमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको शर्माले जानकरी दिइन् ।
त्यस्तै प्रवक्ता शर्माले सरकार सुशासनको पक्षमा लाग्ने र भ्रष्टाचार अन्त्य गर्ने उदेश्यका साथ अघि बढेको भन्दै ललिता निवास प्रकरणका दोषीहरूलाई उन्मुक्ति नदिने बताइन् ।
प्रवक्ता शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नभएको र सरकार ढल्ने कुरा अफवाह भएको धारणा राखिन् ।















प्रतिक्रिया