२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, संसदको अवरोध खोल्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Prachanda

काठमाडौ, २० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी व्यवस्थापिका संसद्मा भएको अवरोध फुकाइदिन आग्रह गर्नुभएको छ ।

संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने, चारबुँदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनुपर्ने, विभिन्न मन्त्रालयबाट भएको रकमान्तर रोकिनुपर्ने लगायतका माग राखेर विपक्षी दलहरुले सदनको कामकारबाही अघि बढ्न दिएका छैनन् । प्रिबजेट छलफलको लागि बोलाइएको व्यवस्थापिका संसद्को पहिलो बैठक नै विपक्षीले चल्न दिएनन् ।

माग पूरा नभएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ । प्रधानमन्त्री कोइरालाले राजनीतिक संयन्त्र आवश्यक नभएको बताउँदै संसदीय छानविन समिति बनाउन तयार रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । व्यवस्थापिका संसद्को बैठक आज पनि दिउँसो ३ बजे बोलाइएको छ ।