
काठमाडौं, १० असार । जापानमा फेरि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
केही दिनअघि एक नेपाली कोठामै मृत फेला परेका थिए भने फेरि अर्का विद्यार्थीको पनि मृत्यु भएको हो ।
ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयामा बस्ने १९ वर्षीय बचन केदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट मृत्यु भएको हो । उनी चार महिनाअघि मात्रै जापान पुगेका थिए ।
उनी शुक्रबार होस्टेलबाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए । उनलाई उद्धार गरेर मिनातोकुस्थित चुवु रोसाई अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषित गरेका हुन् ।
उनको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाइएको छ ।















प्रतिक्रिया