५ कार्तिक २०८३, बिहिबार

कोलगडामा १७ वर्षदेखि लगातार पहिरो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paheroकालीकोट, १४ जेठ । लगातार १७ वर्षदेखि पहिरो जान थाले पछि फुकोटका स्थानीयवासीलाई समस्या भएको छ ।

जिल्लाको उत्तर पश्चिममा पर्ने फुकोट गाविस–५ र ६ को बीचमा पर्ने कोलगडामा पहिरो गएपछि समस्या भएको हो । पहिरोका कारण पुर्छेगाउँका ७० घर परिवार र गैरागाउँका ३० घर परिवारको जग्गामा असर परेको छ ।

वडा नागरिक मञ्चका संयोजक अदलसिंह महताराले भन्नुभयो– खेती गर्ने जमिन त पहिरोले लियो लियो सोही ठाउँमा रहेको खानेपानीको मुहान पहिलेको स्थानभन्दा ३० मिटर तल जमिन बसेका कारण खानेपानीको समेत समस्या भएको छ ।

पहिरो विगत २०५५ सालदेखि र अहिले वर्षा, हिउँदको सुख्खायाममा पनि पहिरो जान थालेपछि वृक्षरोपण गर्दा पनि नरोकिएकाले पहिरो नियन्त्रणका लागि भूक्षय नियन्त्रण तथा जल उत्पन्न कार्यालय सुर्खेत, जिल्ला दैवीप्रकोप उद्धार समितिको कार्यालय कालीकोटमा निवेदन गरेको भए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो रहेको छ ।

प्रत्येक वर्ष एकदेखि दुई मिटरसम्म जमिन बस्दै जाने गरेकाले जग्गा जमिनमा समेत असर पर्दै जानुले गाउँलेका अलिअलि भएको खेती गर्ने जग्गासमेत पहिरोमा परेपछि सुकुम्बासीझैँ हुनुपर्ने समस्या आएको स्थानीय धनबहादुर महताराले बताउनुभयो ।

उहाँका अनुसार गाउँनै जोखिममा रहने अवस्था आएको र मर्मतका लागि लगानीमा सम्भव नहुने गरेकाले सरोकारवाला निकायको त्यसतर्फ ध्यान जानु आवश्यक छ ।

कालीकोट जिल्लाका अति जोखिममा रहेका राम्नाकोटको लाफा, बदालकोटको रङ्गिल, फुकोटको बांखरकोटलगायतका क्षेत्रमा भूक्षय तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय सुर्खेतले तटबन्धको काम गर्दै आएको जनाएको छ । रासस