५ कार्तिक २०८३, बिहिबार

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ दंगीशरण गाउँपालिका ३ र ६ मा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दंगीशरण–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसी रहेका छन् ।

खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङले हानेको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।