२९ आश्विन २०८३, बिहिबार

आफ्नै साथी काल बनेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

काठमाडौं, २० जेठ । सँगै कलेज पढेका साथी एक विद्याथीको काल बनेका छन्। कक्षा १२ को परीक्षा सकेको भोलिपल्ट भक्तपुरको नगरकोट घुम्न भनी हिँडेका नौमध्ये एक जना साथीको हातबाट ज्यान गुमाउनुपरेको हो।

ज्यान गुमाउनेमा गोरखा आरुचानौटे स्थायी घर भइ काठमाडौं सामाखुसीस्थित रेडन कलेजमा अध्ययनरत १८ वर्षीय प्रज्वल कार्की रहेका छन्।

गत वैशाख २८ गते नगरकोट घुम्न भनी हिँडेका धापासी ८ का १८ वर्षका मनीष लुइँटेल र कार्की तेलकोटमा पुगेपछि आपसमा गाडी कुन बाटो लैजाने भन्नेमा विवाद भइ हातपात र ढुंगामुडा हुदाँ कार्कीले ज्यान गुमाउनुपरेको प्रहरीले जनाएको आजको अन्नपूर्णमा खबर छापिएको छ।

प्रहरीका अनुसार लुइँटेलले कार्कीमाथि ढुंगा प्रहार गरेका थिए। पहिलो प्रहार छलेका कार्कीले दोस्रो प्रहार छल्न नसक्दा भुँइमै ढल्न पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरि ओझाले जानकारी दिए।

प्रहरीले घटनामा मुख्य दोषी लुँइटेल देखिएपनि अन्यले झुटा बयान दिएको र घटनालगत्तै फरार रहेकाले आठैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धि मुद्दा लगाएको छ।

यसैबीच मृतकका परिवारले पत्रकार सम्मेलन गरी सरकारी वकिल र प्रहरीले हत्यामा संलग्नलाई बचाउन खोजेको आरोप लगाएका छन्। मृतकका बाबु देवनबहादुर कार्कीले छोरा हत्यामा सम्लग्न मनीष नेपाल प्रहरीको महाराजगंजस्थित तालिम केन्द्रका प्ररही नायव उपरीक्षक मधुसूदन लुँइटेलका छोरा भएकाले उनलाई बचाउन खोजेको आरोप लगाए।