
काठमाडौं, ७ असार । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
प्रदेश सरकारले दुर्घटना छानबिनका लागि ६ सदस्यीय समिति गठन गरेको हो । मंगलबार बझाङमा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित उनकी श्रीमती र भाउजूको मृत्यु भएको छ ।
सवारी चालक र पीएसओ घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
मन्त्री सिंहसहित तीनजनाको शनिबार अन्त्येष्टि गरिने बताइएको छ ।















प्रतिक्रिया