५ कार्तिक २०८३, बिहिबार

यथास्थितिमा बजेट पास हुन नदिने एकीकृत समाजवादीको निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डले बताए ।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री, अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनले जानकारी दिएका ।

पाण्डेले असन्तुलित बिषयलाइ सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा राखे । बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएकाले आफूहरू संशोधन हुनेमा सकारात्मक रहेको उनको भनाइ छ ।

उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटबढ् नहुने भन्दै बजेट पनि सामान रुपमा बितरण हुनुपर्ने उल्लेख गरे ।