
काठमाडौं, ७ असार । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा निर्णय गर्दै तत्काल मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
आफूमाथि सांघातिक आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेले हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश पनि जारी गरेको छ। चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।
त्रिवि नेविसंघ इकाइ कमिटी अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।















प्रतिक्रिया