५ कार्तिक २०८३, बिहिबार

बालेन र हर्कलाई पनि पार्टीमा ल्याउन सकारात्मक छौँ: रवि लामिछाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई पार्टीमा ल्याउन आफूहरू सकारात्मक रहेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै बालेन र हर्कलाई स्वागत गर्न आफूहरू सकारात्मक रहेको बताएका हुन् ।

स्वतन्त्र बालेन साह र हर्क साम्पाङलाई २०८४ को निर्वाचनमा स्वतन्त्र पार्टीले समावेश गर्न सक्ला कि नसक्ला ? भन्ने पत्रकारको प्रश्नमा रविले भने, यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरूलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहना छँदैछ । चाहनाअनुरूप साथीहरूले पनि त्यसैअनुरूप सोचिदिनुभयो भने हामी एकसय प्रतिशत सकारात्मक छँदैछौँ,’ ।

रविले सम्बन्धका हिसाबले पनि बालेन र हर्कसँग आफूहरूको एकदम सौहार्दपूर्ण सम्बन्ध रहेको बताए । बालेन र हर्कको कामको हिसाबले आफूले निरन्तर प्रशंसा गरिरहेको उनले बताए ।

बालेनले आफ्नै पार्टी खोल्ने हल्लाबारेमा भने रविले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।