
काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दैछ।
बैठक पार्टी कार्यालय बालाजुमा सुरू भएको छ । बैठकमा पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरका आयोजना गरिने कार्यक्रमको तयारीबारेमा छलफल हुने जानकारी दिइएको छ ।
रास्वपाले आज पार्टी स्थापन दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्रीदेखि राजनीतिक दलको शीर्ष नेताहरूसहित विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।















प्रतिक्रिया