५ कार्तिक २०८३, बिहिबार

स्वास्थ्य क्षेत्रका कामदार अब रोजगारीका लागि बेलायत जान पाउने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । नेपाली कामदार रोजगारीका लागि बेलायत जान पाउने भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै नेपाली कामदार बेलायत जान पाउने भएका हुन् ।

गत वर्ष नेपाल र बेलायतबीच जीटूजी मार्फत श्रम सम्झौता भएको थियो । स्वास्थ्य क्षेत्रमा कामदार पठाउने सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरेका थिए ।

रोजगारीका लागि बेलायत जानका लागि इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) गर्नुपर्ने, २० वर्ष पुगेको र ४५ वर्ष उमेर नकटेको हुनुपर्ने लगायतका शर्त रहेका छन् ।

बेलायत रोगजारीका लागि गएकाले वार्षिक ३६ हजार पाउण्डसम्म कमाउन सक्नेछन् ।