५ कार्तिक २०८३, बिहिबार

योगेशले मन्त्रीलाई भने- ‘प्लिज’ आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिनुस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरूद्वको मुद्दा फिर्ता लिने सरकारको निर्णय सच्याउन आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै भट्टराईले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने निर्णय सच्याउन आग्रह गरेका हुन् ।

उनले सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेर दण्डहिनता निम्त्याएको टिप्पणी गरे । उनले कानूनमन्त्री धनराज गुरूङलाई निर्णय फिर्ता लिन आग्रह गर्दै आफ्नो पुरानै मान्यतामा उभिन आग्रह गरेका हुन् ।

‘सँधै सदाचारको पक्षमा उभिने कानुनमन्त्रीले यस्ता मुद्दा फिर्ता गर्ने निर्णयमा हस्ताक्षर गर्न कसरी सक्नुभयो ?  ‘प्लीज, तपाईले यो निर्णय फिर्ता लिनुस्। र, तपाईले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो। त्यसमा उभिनुस,’उनले भने।

जनताको विश्वासमाथि खेलवाड गर्ने छुट सरकारलाई नभएको उनले बताए ।