२९ आश्विन २०८३, बिहिबार

दोलखाको जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ असार । फोन  पे’ को आयोजना तथा प्राइम कमर्सियल बैंकको सहकार्यमा दोलखाको जिरीमा “डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीन्तम तरिकाहरूका साथ साक्षरता कार्यक्रम गरिएको हो ।

साक्षरता कार्यक्रममा सुरक्षित एवं सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्न जस्ता विभिन्न पक्षहरुका बारेमा जानकारी गराइएको थियो ।

“डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोन  पे’ मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर अन्तर–बैंक कारोबार मार्फत् तुरुन्तै रकम पठाउन सकिने फोन  पे’का चिफ विजिनेस अफिसर सुमित दासले बताए ।

प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ्ग एपमा भएको क्युआर पेमेन्ट, फोन  पे’ डाइरेक्ट जस्ता सुविधाहरुको प्रयोग गरेर रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकहरुमा भुक्तानी गर्न सकिने प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल राष्ट्र बैंकका डाइरेक्टर कृष्णराम धोजु, उद्योग बाणिज्य संघ जिरीका बाबुराजा श्रेष्ठ, जिरीका प्रहरी निरीक्षक विष्णु बहादुर वस्नेत, तारा दल गणका प्रमुख शेर बहादुर वस्नेत, प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठ, फोन  पे’का चिफ विजिनेस अफिसर सुमित दास, प्राइम कमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेश मान सिंह तथा फोन  पे’ का विजिनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको सहभागिता रहेको थियो ।

फोन  पे’ ले विभिन्न क्षेत्र एवं समुदायहरुमा डिजिटल पेमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।