५ कार्तिक २०८३, बिहिबार

यसकारण चितवनमा गोली चल्यो (प्रहरीको अनुसन्धानसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolचितवन, १३ जेठ । चितवनमा एकाविहानै गोली चलेको घटनाको कारण प्रहरीले पत्ता लगाएको छ ।

बुधबार विहान २ बजेर ३० मिनेटमा भरतपुरको यज्ञपुरीमा गोलीे चलेको थियो । प्रहरीका अनुसार गोली प्रहार गर्ने नवलपरासी प्रगतिनगर बस्ने ३० बर्षीय मणिप्रसाद काफ्लेलाई चाइनिज पेस्तोल १ थान र सोको ३ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर उपमहानगरपालिका–६ यज्ञपुरी चोकमा बुधबार बिहान चोर आयो भनी हो–हल्ला हुँदा घरबाट निस्की बाहिर जानेक्रममा २३ बर्षीय

राजन खड्कामाथि गोली प्रहार भएको थियो । दाँया कुममुनी गोली लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको छ । चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।