५ कार्तिक २०८३, बिहिबार

काठमाडौंको जोरपाटीमा पाँच वर्षीय बालिकालाई डेरामा लगेर बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeकाठमाडौँ, १३ जेठ । राजधानीको बानेश्वरमा बलात्कार भएको १ दिन नबित्दै जोरपाटीमा बलात्कारको घटना दोहोरिएको छ ।  काठमाडौंको जोरपाटी स्थित छहारी क्लब नजिकै मंगलबार पाँच वर्षीया बालिकामाथि बलात्कार भएको हो ।

जोरपाटी छहारी क्लव नजिक बस्ने २१ बर्षीय सन्तोष घिमिरेले छिमेकीमा बस्दै आएकी बारा कुमरखानकी घर भएकी पाँच वर्षीय बालिकालाई चकलेट दिएर डेरामा लगी बलात्कार गरेको केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

पाँच बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा घिमिरेलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले पीडित बालिकालाई स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि सोमबार राजधानीको बानेश्वरमा १४ वर्षीया बालिकामाथि दिउँसै बलात्कार भएको थियो ।