– रबिना बोहरा
बागलुङ, १३ जेठ । नेकपा एमाले बागलुङको स्वयंसेवक टोली पुनर्निर्माण अभियान अन्तर्गत भूकम्पको केन्द्रविन्दु रहेको जिल्ला गोरखामा खटिएको छ ।
गोरखामा खटिएको टोलीले बुधबार गोरखाको नारेश्वर गाविसमा स्थित कल्पना सुनारको घर निर्माण गरेका छन् । टोलीले सुनारको घर निर्माण गरी हस्तान्तरण गरेको नेकपा एमालेका युवा कार्यकर्ता सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो ।
वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रभावित भएकाहरुको राहत तथा पुनः स्थापनाका लागी नेकपा एमालेले अभियान सञ्चालन गरेको हो जसअन्तर्गत बुधबार गोरखामा टोली घर निर्माण कार्य सम्पन्न भएको छन् । अभियानको सुरुवातमा पार्टीले बानपा–३ मा रहेको कृष्णकुमार राजभण्डारीको घरको पर्खाल भत्काएको थियो ।
बागलुङ क्षेत्र नम्बर १ मा स्वंमसेवक रामबहादुर जिसी र राजनीतिक संयोजक हिराबहादुर केसी रहनेगरी अभियान सञ्चालन गरिने नेकपा एमाले बागलुङ जनाएको छ । यस्तै यहि जेष्ठ १२ गते क्षेत्र नम्बर २ र ३ मा जिल्ला इन्चार्ज, सचिवालय सदस्यहरुले आ–आफ्नो ठाउबाट पुनःनिर्माणमा सहयोग गर्ने नेकपा एमाले बागलुङले जनाएको थियो ।















प्रतिक्रिया