५ कार्तिक २०८३, बिहिबार

‘विहेबाट फर्किदा १८ दिन निकुञ्जको जेलमा बास’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail

– सुदीप अधिकारी

बर्दिया, १३ जेठ । बर्दिया राष्ट्रय निकुञ्ज प्रशासनले विना कसुर आफूहरुलाई १८ दिनसम्म थुनामा राखेर छाडेको यहाँका २ युवाले आरोप लगाएका छन् ।

जिल्लाको धधवार–६ खैरेनीका ललित सापकोटा र चन्कु थारुले आफुहरुलाई निकुञ्जले नियन्त्रणमा लिएर विना कारण कैद गरेको आरोप लगाएका हुन् । निकुञ्जले उनीहरुलाई बैशाख १८ गते नियन्त्रणमा लिइ जेठ ३ गते थुना मुक्त गरेको थियो । निकुञ्जले ‘सोधखोज गर्नु छ’ भन्दै नियन्त्रणमा लिएको १८ दिनपछि बल्ल कुनै कसुर नदेखिएको भन्दै आफुहरुलाई थुना मुक्त गरेको पीडितहरुले बताएका छन् ।

विना कारण निकुञ्जले आफुहरुलाई थुनामा राखेर मानसिक यातना दिएको पीडितहरुले आरोप लगाएका छन् । निकुञ्ज प्रशासनको हचुँवाको अनुसन्धानका कारण आफुहरु अनाहकमा थुनामा पर्नु परेको पीडितहरुले गुनासो गरेका छन् । ‘केही कुरा बुझनु छ भन्दै रम्मापुर पोष्टमा बोलायो । त्यहा पुगे लगत्तै अपराधी जस्तै गरी गाडीमा कोचेर ठाकुरद्धारा पुर्याएर कैदी घरमा कोच्यो,’ पीडित सापकोटाले भने, ‘पटकपटक कसुर के हो भनेर सोध्यौ । तर केही नभनी थुन्यो ।’

पीडित सापकोटा स्थानिय अमर शहिद दशरथ चन्द माध्यामिक विद्यालयका शिक्षक हुन् । उनले विद्यालयमा गठन भएको वातावरण समूहको इको टिचरको जिम्मेवारी पनी सम्हालेका छन् । यसैगरी अर्का पीडित चन्कु थारु सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति र सतुवाखोला सिमसार संरक्षण क्षेत्रका पूर्वअध्यक्ष हुन् । लोमो समयदेखि संरक्षणमा लागेको आफुहरुलाई विना कसुर थुनेर निकुञ्जले चरित्र हत्या गरेको उनीहरुको आरोप छ ।

पीडित सापकोटाका अनुसार थुनामा हालेपछि निकुञ्ज प्रशासनले चोरीशिकारको गरेका भन्दै जवरजस्ती थुनुवा पुर्जीमा सहीछाप गराउन ल्याएको तर आफुहरु चोरीशिकारमा संलग्न नभएको अडान लिएर पुर्जी बुझन इन्कार गरपछि सच्चाएर ‘अनुसन्धानका लागि’ भन्दै पुर्जी थमाएको थियो । थुनामा राखेको ८ दिन पछि बल्ल निकुञ्ज प्रशासानले पहिलो बयान लिएको पीडित सापकोटाले बताए । पटकपटकको बयानपछि कसुर ठहर नभएको भन्दै १८ दिन पछि जेठ ३ गते निकुञ्ज प्रशासनले उनीहरुलाई छाडेको थियो ।

पीडित सापकोटाका अनुसार गत बैशाख १७ गते राती गाउँको बिहे सकेर घर फर्कर्दै गर्दा निकुञ्जको रम्मापुर पोष्टका रेञ्जर लक्ष्मीनारायण शाहको टोलीले आफुहरुलाई गाउँको बाटोमा रोकेर खानतलास गरेको र केही फेला नपरेपछि छाडेको तर भोलीपल्ट विहान फेरी केही बुझनु छ भन्दै पोष्टमा बोलाएर सोधपुछ नै नगरी सिधै निकुञ्जको मुख्यालय ठाकुरद्धारा पुर्याएको थियो ।

थुनामा रहदा कार्यालय प्रमुखसँग भेट गराउन पटकपटक अनुरोध गर्दापनि रेञ्जर शाहले भेट नगराएको पीडितहरुको भनाई छ । ‘आफना कुरा वार्डेनसँग राख्न पाउँ भन्दै पटकपटक अनुरोध गर्यौ । तर भेट गर्न दिइएन,’ पीडित सापकोटाले गुनासो सुनाउँदै भने,‘ १८ औँ दिनपछि बल्ल कसुरमा संलग्न भएको नदेखिएको भन्दै थुना मुक्त गर्यो । किन थुनेको हो ? के कसुर थियो ? केही बुझन सकिएन । निकुञ्जले केवल हाम्रो चरित्र हत्या मात्र गर्यो ।’

रम्मापुर पोष्टका रेञ्जर शाहले कसैको इसारामा आफुहरुलाई चोरीशिकारमा फसाउन खोजेको पीडित सापकोटाको आरोप छ । रम्मापुर पोष्टमा राखिएको पीडित सापकोटाको मोटरसाइकल समेत त्यहाका कर्मचारीले कर्मचारीले प्रयोग गरेर बिगारेको पीडित सापकोटाले बताएका छन् ।

यता निकुञ्जले भने उनीहरुलाई शंकाको आधारमा अनुसन्धानका लागि ल्याइएको र अनुसन्धानका गर्ने क्रममा केही ढिलो हुन गएकाले धेरै दिन थुनामा बस्नु परेको बताएको छ । ‘त्यो क्षेत्रमा चोरीशिकारको सुराक आएपछि गस्तीमा गएको टोलीलाई उनीहरु प्रती शंका लागेपछि अनुसन्धाका लागि ल्याइएको र अनुसन्धानका क्रममा केही ढिलो भएको धेरै दिन थुनामा बस्नु परेको हो,’ निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र कडेँलले भने । उनले भने,‘ धरै थुनुवासँग बयान लिनुपर्छ । क्रम अनुसार बयान लिँदै जाँदा ढिलो भएको हो । अनुसन्धानमा कसुरमा संलग्न भएको नदेखिएको ठहर भएपछि उनीहरुलाई छाडियो ।’