
काठमाडौं, ३२ जेठ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
संघीय संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि विरोध प्रदर्शन गर्दा १६ जना पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा विगत एक सातादेखि बहस जारी छ ।
प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् । बहस सकिएपछि थुनछेकबारे आदेश जारी हुनेछ ।













प्रतिक्रिया