१ कार्तिक २०८३, शनिबार

नेपाल पाकिस्तान ‘ए’ सँग नौ रनले पराजित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेपाल एसीसी महिला इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’सँग पराजित भएको छ ।

मंगलबार हङकङको मोङकङस्थित मेसन रोड मैदानमा नेपाल नौ रनले पराजित भएको हो । नेपालको ब्याटिङमा कमजोर प्रदर्शनका कारण पाकिस्तानसँग पराजित हुनु परेको हो ।

पाकिस्तानले ८८ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । नेपालकी ओपनर कविता कुँवरले २० र कविता जोशीले १५ बाहेक नेपाली टिमबाट अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ज्योति पाण्डे नौ रनमा अविजित रहिन् । सम्झना खड्काले सात, कप्तान रुबिना क्षेत्री र सीता रानामगरले समान ६ रन जोडे । इन्दु वर्माले चार र विन्दु रावलले तीन रन थपे ।

इन्दु वर्माले तीन विकेट लिइन् । कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालले समूहमा हङकङ, भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेल नेपालले यही जुन १५ मा भारतसँग खेल्नेछ । नेपालले जुन १७ मा घरेलु टोली हङकङसँग खेल्नेछ । फाइनल खेल जुन २१ मा हुनेछ ।