५ कार्तिक २०८३, बिहिबार

भगवान् गौतमबुद्धको मामाघरमा उत्खनन हुँदै, अरबौका बहुमुल्य बस्तु भेटिन थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha-lordपरासी, १३ जेठ । भगवान् गौतमबुद्धको मावलीस्थल नवलपरासीको बन्जरियास्थित पङ्डितपुरमा पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको छ ।

ऐतिहासिक कोलिय राज्यको राजधानी प्रमाणीकरणका लागि पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको हो ।

नवलपरासीको बन्जरिया–९ स्थित पङ्डितपुर नै कोलिय राज्यको राजधानी देवदह रहेको पछिल्ला उत्खननबाट प्राप्त प्रमाणले देखाइ सकेको छ ।

उत्खननबाट अहिलेसम्म विभिन्न कालखण्डका विभिन्न प्रकारका प्रमाण पाइएका भएपनि विभागले विभिन्न समयका उत्खननबाट ऐतिहासिक अभिलेखको खोजी गरिरहेको उत्खनन कार्यक्रमका सल्लाहकार एवम् वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्राले बताउनुभयो ।

गत वैशाख २४ गतेदेखि पुरातत्वविद् मिश्राको नेतृत्वमा पुरातत्व विभागका पाँच जनाको टोलीले नवलपरासीको पङ्डितपुरका विभिन्न पाँचस्थानमा उत्खनन एवम् अध्ययन गरिरहेको छ ।

यसपटक पनि उत्खननबाट विभिन्न कालखण्डमा बनेका विभिन्न प्रकारका प्रमाण फेला परिरहेका पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले सञ्चारकर्मीलाई बताउनुभयो ।

विसं २०५९ मा स्थानीयवासी नारदप्रसाद यादवले पङ्डितपुरमा खेतमा काम गर्ने क्रममा केही प्राचीनकालका वस्तु प्राप्त गरेपछि यो स्थान कुनै महत्वपूर्ण ऐतिहासिक स्थान हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला विकास समितिले प्रारम्भिक अध्ययनका लागि अनुरोध गरेपछि यो स्थान प्रागैतिहासिक महत्वको स्थान भएको थाहा लागेपछि यसका बारेमा विभिन्न प्रकारका उत्खनन एवम् अध्ययन सुरु गरिएको हो । रासस