काठमाडौं, १३ जेठ । काठमाडौं उपत्यका हल्लाउने गरी भूकम्प गएको १ मिनेट मै सिन्धुपाल्चोकमा फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो १ बजेर १६ मिनेटमा ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि सिन्धुपाल्चोक मै ४ दशमलब ५ रेक्टर स्केलको भूकम्पको गएको थियो । ४ दशमलब ५ रेक्टरको भूकम्पले पुरै काठमाडौंलाई हल्लाएको थियो ।
केन्द्रका अनुसार दिउँसो १२ बजे दोलखामा पनि ४ दशमलब २ रेक्टरको भूकम्प गएको थियो ।

















प्रतिक्रिया