३ कार्तिक २०८३, मंगलबार

१०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । आइतबार स्थिर रहेको सुनको मूल्य आज सोमबार एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।