५ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा भूकम्पको अर्काे धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampaकाठमाडौं १३ जेठ । काठमाडौंमा भर्खरै भूकम्पको ठूलो धक्का महसुस भएको छ ।

बुधबार दिउँसो १ बजेर १५ मिनेटमा काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको हो ।

सिन्धुपाल्चोकमा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएपनि काठमाडौं उपत्यकामा ठूलो धक्का महसुस भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का महसुस भएपछि स्थानीयहरु घर छाडेर बाहिर निस्केका छन् । यसअघि १२ बजेर ३ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो ।

earth-quake-table