१ कार्तिक २०८३, शनिबार

विश्व चेसका हस्ती निगेल सर्ट नेपालमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ जेठ । विश्व चेसका हस्ती निगेल सर्ट नेपाल आएका छन् ।

विश्व चेसका सर्वोच्च संस्था निगेल सर्टले आइतबार नेपाल ओलम्पिक कमिटी  (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठसँग भेट गरे ।

सर्ट एक इङ्गलिस चेस ग्रान्डमास्टर, स्तम्भकार, प्रशिक्षक र कमेन्टेटर छन् । उनले १९ वर्षको उमेरमा ग्रान्डमास्टरको उपाधि जितेका थिए ।  फिडे वरीयतामा पनि तेस्रो स्थानमा परेका सर्ट विश्व चेस च्याम्पियनसिप खेल खेल्ने इङ्गल्यान्डका पहिलो खेलाडी हुन् ।