
ललितपुर, १३ जेठ । ‘धन्यवाद, यो पैसा म हाम्रो विद्यालयको भवनमा रेट्रोफिटिङ गर्न प्रयोग गर्छु ।’ उक्त अभिव्यक्ति सुस्तमनस्थिति कल्याण विद्यालयका प्रधानाध्यापिका इन्दिरा ढुंगानाको थियो । प्रसंग थियो, सहयोग हस्तान्तरण कार्यक्रम ।
न्युयोर्कवासी नेपाली महिलाहरुको समुह नेप्लिज विमन अफ न्युयोर्कले फेब्रुअरी २१ तारिखका दिन अन्तराष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर ‘मेक इट ह्यापन’ नामक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट उठेको सहयोग रकम यस दिन अर्थात मे २२ तारिखमा ललितपुरमा रहेको शिक्षकहरुको संस्था नेपाल राष्ट्रि«य शिक्षक संगठनको समन्वयमा प्रदान गरिएको थियो ।
कार्यक्रममा मेक इट ह्यापन कार्यक्रमका संयोजक कुन्ती थापाले सहयोग रकम १ लाख २९ हजार २५ रुपैंया उक्त विधालयका प्रधानाध्यापक इन्दिरा ढुंगानालाई प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै थापाले विपत्तिको यस समयमा सानो सहयोग प्रदान गर्न पाएकोमा खुशी लागेको बताउनुभएको थियो ।
त्यस्तै, सहयोग रकम प्राप्त गरेपश्चात प्रधानाध्यापक ढुंगानाले उक्त रकम चर्केको भवनमा रेट्रोफिटिङ गर्न सदुपयोग गरिने जानकारी दिनुभएको थियो । वैशाख १२ गतेको भूकम्पमा परि ललितपुरको टंगालमा रहेको विद्यालयको भवन चर्किएको थियो ।
त्यस्तै, कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले यस्तो पुण्य कार्यमा आफ्नो संस्थाले समन्वय गर्न पाएकोमा खुशी व्यक्त गर्दै विपत्तिको बेला यस्तो सहयोगहरुले ठुलो अर्थ राख्ने उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बदन शर्माले कुन्ती शर्मालाई दोसल्ला ओढएर धन्यवाद प्रकट गर्नुभएको थियो ।
अमेरिकाको न्युयोर्कस्थित चियान फेडेरसनमा फेब्रअरीमा आयोजित कार्यक्रममा विभिन्न देशका कलाकारहरुको उपस्थिति रहेको थियो ।
सुनिता शर्मा उपाध्याय र कुन्ती थापाको संयोजनमा आयोजित उक्त कार्यक्रमको सांस्कृतिक विभागको जिम्मेवारी गायिका सिर्जना लामाले सम्हाल्नुभएको थियो भने प्रचार प्रसारको जिम्मेवारी अनुज थापा र दीपिका श्रेष्ठले संहाल्नुभएको थियो । कार्यक्रमको प्राविधिक जिम्मेवारी सञ्जय शिलाकारले लिनुभएको थियो ।
कार्यक्रममा प्रशिद्ध सारंगीवादक श्याम नेपाली, न्हुंछे डंगोल, राज कपुर, विमल बुढाथोकी, अमेरिकी नाट्यकर्मी हिदर हार्पम, तारा लिन्हर्द लगायतको प्रस्तुति रहेको थियो ।
सो कार्यक्रममा नेपाली चलचित्रकी प्रसिद्ध नायिका कृष्टि मैनाली, महिला उद्यमी युली लाें, यम बराल, विमल डांगी, रिया मैनाली, सञ्जु सुवेदी , रोहित तिमल्सिना, रितु राम्दाम, दिपा थापा ढुंगेल, विजय सिंखडा, यम बराल, अञ्जली सेवा, रोशन पाल्पाली, अभय ढुंगेल, नरबहादुर दाहाल, मिली श्रेष्ठ लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा युवा समाजसेवी झरना शेर्पाले आफ्नो परोपकारी वेबसाइट (www.jharanasherpa.org) लञ्च गरेकी थिइन् ।
























प्रतिक्रिया