५ कार्तिक २०८३, बिहिबार

मन लोभ्याउने रानीमहल, जहाँ पुग्दा चुलिन्छ प्रेमका रोचक कहानी (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rani-mahal-1

– सुशिल नेपाल
पाल्पा १३ जेठ । चारैतिर पहाडले घरेको । नजिकै सलल बगेको कालीगण्डकी । खुला बगर, एकान्त बातावरण । त्यहाँ पुग्ने जो कोहिलाई लाग्छ सधैभरि यहि बसिरहुँ । त्यहि सुन्दरतामै रमाउँ । सुन्दरतालाई नै साथि बनाऔँ र बर्षौ बर्षसम्म साथ दिऔँ । जहाँ पुग्ने जो कोहि पर्यटकलाई यसरी नै लोभ्याइरहेछ रानीमहलले ।

खड्गशम्शेरले आफनो शेष जीवन आफ्नी रानी तेजकुमारीका साथ शान्त र सुखका साथ बिताउने उद्देश्य लिएकोमा अप्रत्यासित रुपमा रानीको मृत्यु भएकोले आफ्नी स्वर्गीय रानी तेजकुमारीको सम्झनामा उनैले मन पराएको कालीगण्डकीको किनारामा दरबार बनाएका थिए । प्रेमको निशानीका रुपमा बनाएको रानीमहल पाल्पा जिल्लाको बौघागुम्हा गाविस २ मा अवस्थित छ ।

प्रेमको प्रतिक मानिने यो दरबार प्रेम जोडिको मुख्य गन्तव्य हो । प्रेमको प्रतिकका रुपमा मानिने भएर पनि पाल्पा आउने जो कोहि त्यहाँ पुग्न लालायित हुन्छन र त्यहाँको बातावरणमा रमाउन चाहन्छन ।

पाल्पा आउने विदेशी पर्यटक पनि रानीमहललाई नै गन्तव्य बनाएर पाल्पा आउने गर्दछन् । यो महललाई अहिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले जिर्णोद्धारका काम समेत भइरहेको छ ।

Rani-mahal--4

१९५४ सालमा बनेको यो ऐतिहासिक, पुरातात्विक र वास्तुकलाको नमुना समेत मानिने ३ तले महल पाल्पाको सदरमुकाम तानसेनबाट ९ किमिको दुरिमा पर्दछ । जहाँ जिप तथा मोटरसाइकलमा १ घण्टाको छोटो समयमै पुग्न सकिन्छ ।

यो महलमा इँटाको प्रयोग गरिएको छ भने छत जस्ताको पाताले छाइएको छ । इँटामा खड्गशमशेर लेखिएको छ । दरबारको परिसरमा मन्दिर, पोखरी र बगैँचा बनाइएको छ ।

यतिबेला केहि ऐतिहासिक इँटाहरु यत्रतत्र छरिएका छन् । यसरी प्रशस्त सम्भावना बोकेको रानीमहललाई थप आकर्षण र पर्यटकीय गन्तव्य बनाउनमा सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

Rani-mahal--7Rani-mahal  Rani-mahal-2Rani-mahal--6 Rani-mahal--3  Rani-mahal--5