२८ आश्विन २०८३, बुधबार

अर्थतन्त्र सुधार गर्न आर्थिक वा गोलमेच सम्मेलन गरौँ : योगेश भट्टराई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नेकपा एमालेका सांसद योगेश भट्टराईले मुलुकको बिग्रिदो अर्थतन्त्र सुधार गर्न सरकारसमक्ष आर्थिक सम्मेलन वा गोलमेच सम्मेलनको प्रस्ताव गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै उनले साझा अवधारणाबिना सङ्कटपूर्ण अर्थतन्त्रलाई उकास्न नसकिने धारणा अघि सार्दै आर्थिक वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

नेकपा एमालेका सचिव समेत रहेका सांसद भट्टराईले पुरानो चलनचल्तीकै हिसाबले मात्र अघि बढ्ने हो भने अर्को वर्षको जेठ १५ गते यस्तै एउटा बिलौनापूर्ण वक्तव्य सुन्नुबाहेक अर्को विकल्प नहुने बताएका छन् । यदि सरकार र सरकारका अर्थमन्त्रीले गोलमेच सम्मेलन गर्ने आँट गर्‍यो भने प्रतिपक्षी दलको हैसियतमा अर्थमन्त्रीलाई सहयोग गर्न एमाले तयार उनले प्रष्ट पारेका छन् ।

आर्थिक सङ्कटको डिलमा पुगेको अवस्थामा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गन्तव्यहीन रहेको र यसलाई नसच्याइए मुलुक ठूलो आर्थिक दुर्घटनामा पर्ने उनको भनाइ छ ।