५ कार्तिक २०८३, बिहिबार

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज(पर्सा), १३ जेठ । पर्साको बिन्दवासिनीमा बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भेडियाहीबाट वीरगन्जतर्फ आउँदै गरेको ग१ख १४६४ नम्बरको यात्रुबाहक बसबाट लडेर पर्साको भीष्वाकाल रिजवान आलमको मृत्यु भएको हो ।

हातबाट मोबाइल खसेपछि टिप्नको लागि ओर्लने क्रममा बसको ढोकाबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । बस र चालक बिन्दवासिनी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ । मृतकको साथबाट रु दुई लाख फेला परेका कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस