२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण रहस्यमय : पर्शुराम बस्नेत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २० जेठ । नेकपा एमालेनिकट नेपाल खेलकुद महासघंका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण रहस्यमय देखिएको बताएका छन् ।

नेपालको भूगोल साट्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति रहस्यमय भएको भन्दै अध्यक्ष बस्नेतले प्रचण्ड र समकक्षी मोदीको बीचमा भएका सबै सम्झौता हुबहु सार्वजनिक गर्न माग गरेका छन् ।

आज शनिबार नेपाल खेलकुद महासंघ, रसुवाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आपत्तिजनक र रहस्यमय रहेको बताएका हुन् । उनले भ्रमणमा निस्किनु केहीअघि विवादित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गराउनु र भ्रमण सक्ने क्रममा भूमी साटफेर गर्ने अभिव्यक्ति दिनुलाई रहस्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

यस्तै महासंघका उपाध्यक्ष धर्मकुमार श्रेष्ठले नेपालका प्रधानमन्त्रीले भारतमा गएर ऊर्जामा गरेको सम्झौतामा समेत आशंका व्यक्त गरेका छन् ।

महासंघको नुवाकोट कमिटीका अध्यक्ष श्लोक तामाङको अध्यक्षतामा आयोजना गरिएको अधिवेशनले विराज तामाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । – राजकुमार ओली