
मध्यप्रदेश, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउनुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार नै भत्किएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार मुख्य प्रवेशद्वारको पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हो ।
मुख्य प्रवेशद्वार भत्किदाँ त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो भने घटनामा कुनै मानवीय क्षति नभएको पीटीआईले जनाएको छ ।
चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । .
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार बिहान ११ बजे महाकालेश्वर मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् ।











प्रतिक्रिया