३० कार्तिक २०८३, सोमबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व समापन गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । आज छठ पर्व समापन हुँदैछ । छठ पर्वको चार दिवसीय अनुष्ठानको अन्तिम तथा चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै व्रत विधिवत रूपमा समापन हुन्छ । यस दिनलाई उषा अर्घ्य, पारण वा सप्तमी तिथि भनिन्छ ।

यसलाइ उषा अर्घ्य अर्थात उदाउँदो सूर्यलाई अर्घ्य दिने भनिन्छ । छठ पर्वको चौथो दिन बिहान सबेरै नदी, तलाउ वा पोखरीको घाटमा पुग्छन् । अघिल्लो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकै स्थानमा पुनः बाँसको टोकरी वा सुूपमा सजाइएका पूजासामग्री (कसुर, ठेकुवा, फलफूल, उखु आदि) लिएर उभिने गरिन्छ । उदाउँदो सूर्यको दर्शन गर्दै पानीमा उभिएर सूर्य देवतालाई अर्घ्य अर्पण गरिन्छ ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि घाटमै वा घरमा आएर व्रतीहरूले पूजामा चढाएका प्रसाद ग्रहण गरी कठिन उपवास (व्रत) तोड्छन् । यसलाई पारण भनिन्छ ।

पारण गरेपछि व्रतीहरूले परिवारका सदस्य, इष्टमित्र र छरछिमेकीलाई प्रसाद बाँड्छन् तथा ब्राह्मण एवम् गरिब-असहायलाई दानदक्षिणा दिई आशीर्वाद लिन्छन् । यस प्रकार सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता झल्काउने महापर्व छठ विधिवत रूपमा सम्पन्न हुन्छ ।