काठमाडौँ, १२ जेठ । एयर एसियाको विमानबाट मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएका प्युठान राम्दी–१ का ३७ वर्षीय गोविन्दबहादुर रोकामगरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरेपछि मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार निजको मृत्युको कारण खुलेको छैन । विमान अवतरणपछि मृत फेला परेका उनको शव काठमाडौँ शिक्षण अस्पतालमा राखिएको र उनका आफन्तलाई खबर गरिएको छ ।
यसैबीच ललितपुर प्युटार–८ मा बा.२ ख ८२८७ नम्बरको पानी ट्याङकर आज दुर्घटना हुँदा त्यसका चालक साईराम मोक्तानको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय लीला वाईबालाई उपचारार्थ पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया