
काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
हैदरावाद हाउसमा बिहान ११ बजे हुने द्विपक्षीय भेटवार्तामा केही विकास आयोजनासम्बन्धी समझदारी र सम्झौता पत्रमा हस्ताक्षर हुने बताइएको छ ।
प्रतिनिधिमण्डल स्तर भेटवार्ता र छलफल पछि संयुक्त पत्रकार सम्मेलन हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै भारतका भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया