
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार भारत भ्रमणमा जाँदै छन् ।
उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने समय तालिका रहेको छ ।
गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत जाँदैछन् । यो उनको पहिलो विदेश भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।
उनले भोलि जेठ १८ गते बिहान ११ बजे भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् ।
अपरान्ह ४ बजे मौलाना आजाद रोडमा रहेको कार्यालयमा उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नेछन् ।
जेठ १९ गते अपरान्ह ४ः३५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति दौपदी मुर्मुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाल लगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया