५ कार्तिक २०८३, बिहिबार

एमाले गुल्मीका स्वयंसेवक रसुवाका भूकम्प पीडितको सहयोगमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_KP Oli _Swyamsebak bedai (2)

– अनिल खत्री
गुल्मी १२ जेठ । गत बैसाख १२ गते आएको बिनासकारी भूकम्पबाट पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन नेकपा एमालेले पार्टीको तर्फबाट १० हजार स्वयंसेवकलाई औजारसहित प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।

भूकम्पबाट सृजित डरत्रासको सामाजिक मनोवविज्ञान समाप्त पारेर जनताको मनोबल उकास्ने गरी सेवा भावले परिचालित हुन एमालेले स्वयंसेवकहरुलाई कडाइका साथ निर्देशित गरेको छ ।

पार्टीको कार्ययोजना अनुसार एमाले गुल्मीले पनि जिल्लाबाट २५ जनाको टोली प्रभावित क्षेत्र रसुवा पठाएको छ । जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण घिमिरेको नेतृत्वमा २५ सदस्य टोली रसुवामा भूकम्प पीडितलाई सहयोग गर्न खटिएको हो ।

टोलीले मंगलवारबाट रसुवामा भूकम्पले क्षति पु¥याएका बिद्यालयहरु र केहि घरहरु निमार्ण गर्न सुरु गरेको प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिवलाल सुबेदीले जानकारी दिए । भुकम्पले क्षति पुर्याएर घर टहरा निमार्णमा रसुवामा पुगेका एमाले गुल्मीका स्वयंसेवक टोलीलाई रसुवा वाँसीले स्वागत गर्दै आफनो घर टहरा निमार्णमा सहयोग गर्न आएकोमा खुसी ब्यक्त गरेको अध्यक्ष सुबेदीले बताए ।

स्वयंसेवकटोलीमा सचिवालय सदस्य अम्मर सिंजापति, प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिव सुवेदी, अनेरास्वाबियू गुल्मीका संयोजक राजेन्द्र बिक्रम कुवंर, जिफन्टका प्रतिनीधि लगायतको सहभागिता रहेको छ ।

अतिप्रभावित १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा एमालेले स्वयंसेवक परिचालन गर्दै छ । १० जेठबाट १० असार (एक महिना) सम्म एमालेका स्वयंसेवकले ५१ निर्वाचन क्षेत्रका सबैभन्दा बढी प्रभावित एक गाविसमा अस्थायी घरटहरा निर्माण गर्नेछन् । त्यसले आपसका गाविसका जनतालाई नयाँ खाले रक्तसञ्चार सहित घर निर्माणमा जागृत र उत्प्रेरित गर्ने एमालेको भनाइ छ ।

अभियानका संयोजक एबं नेकपा एमाले केन्द्रिय सचिव गोकर्ण विष्टले अभियानले जनतामा डरत्रासको मनोविज्ञान हटाएर नयाँ ढंगले जागरण पैदा गर्न सहयोग पु¥याउने बताउनुभयो । कम्तीमा दुई बर्षसम्म टिकाउ हुने अस्थायी घर निर्माण टोलीको पहिलो, विद्यालय सञ्चालनका लागि अस्थायी संरचना निर्माण दास्रो, खानेपानीको मुहान, पाइपहरुको मर्मत लगायत प्राथमिक बिषय रहेको जानकारी दिनुभयो ।