काठमाडौं, १२ जेठ । नेकपा एमाले केन्द्रिय सदस्य तनहुँ इन्चार्ज एवं स्मार्ट एफएमका संरक्षक प्रतापलाल श्रेष्ठका ममतामयी माता माया श्रेष्ठको गएराति जेष्ठ ११ गते साढे ११ बजे दमौली अस्पतालमा दुःखद निधन भएको छ ।
मंगलबारनेकपा एमाले पार्टी नेता कार्यकर्ता, सुवेच्छुक, इष्टमीत्र र छिमेकीहरु माझ एक श्रद्धाञ्जली कार्यक्रम सहित मादीसेति र छाब्दीको त्रिवेणीमा अन्त्येष्टि गरिएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष केदार सिग्देलले पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै नेकपा एमाले केन्द्रिय सदस्य श्रेष्ठको आमा उहाँको मात्र नभई सिङ्गो तनहूँको एमाले पार्टीको आमा भएकोले उहाँको निधनले पार्टीलाई अत्यन्त दुखीत र मर्माहित बनाएको बताउनुभयो ।
उक्त श्रद्धाञ्जली अर्पण कार्यक्रममा नेकपा एमाले पूर्व जेष्ठ कम्यूनिष्ट मञ्चका दधिराज सुवेदी, अञ्चल कमिटि पूर्व सदस्य शंकरनारायण श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य श्रीराम कार्की, पूर्व मेयर ताराप्रसाद श्रेष्ठ, नेकपा एमाले वडा न १ं इन्चार्ज बम बहादुर पाण्डे, लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा उद्योग वाणिज्य संघ, व्यास नगर उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, बन उपभोक्ता महासंघ, पार्टीका विभिन्न जनवर्गीय संगठन तथा विभिन्न सामुदायीक संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया