३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेलबाट आममाफी पाएका रेशम चौधरीको दुई श्रीमती

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेलमुक्त भएका टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीले बहुविवाह गरेको तथ्य खुलेको छ ।

सोमबार १६ औँ गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति पौडेलले माफी दिएर जेलमुक्त भएका चौधरीले बहुविवाह गरेको तथ्य खुलेको हो ।

राष्ट्रपतिबाट माफी पाएर रिहा भए लगत्तै रेशमकी दोस्रो पत्नी आशा चौधरीले बधाई दिँदै छोरीसहितको तस्वीर सार्वजनिक गरेपछि बहुविवाह गरेको खुलेको हो ।

हाल बर्दीयामा रेडियो सञ्चालन गरेर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन् ।

सोमबार डिल्लीबजार कारागारबाट जेलमुक्त भएसँगै फेसबुकमार्फत आशाले रेशमलाई बधाईं तथा स्वागत गरेकी हुन् ।

रेशम र छोरीसहित तीन जनाको तस्वीर राख्दै आशाले लेखेकी छन्, ‘कांग्रेचुलेशन बुढा, वेलकम ।’

तर आशाले हाल उक्त स्टाटस फेसबुकबाट हटाएकी छन् ।

रेशमकी अर्की पत्नी रन्जिता श्रेष्ठ चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष तथा प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी रन्जिताले रेशमसँग अन्तरजातीय विवाह गरेकी हुन् । उनले रेशमको एक छोरा हुर्काइरहेकी छन् ।

सर्वोच्च अदालतबाट दोषी ठहर भएको र अदालतको पूर्णपाठ समेत तयार भइनसकेको अवस्थामा राष्ट्रपतिले चौधरीलाई माफी दिएपछि सरकार र राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ । देशको केहि जिल्लाहरुमा सरकार विरुद्ध प्रदर्शन समेत भएको छ ।

टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।