३० कार्तिक २०८३, सोमबार

टीकापुर हत्याकाण्डको छानबिन हुनुपर्छः रेशम चौधरी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् ।

सोमबार बिहान डिल्लीबजार कारागारबाट जेलमुक्त भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिन हुनु पर्ने बताए । उनले टिकापुर घटना राजनीतिक घटना भएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने बताए ।

उनले राष्ट्रपतिबाट सजाय माफी पाएर रिहा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

चौधरीलाई लिन उनकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरी कारागार पुगेकी थिइन् । उनलाई पार्टीका नेता तथा कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका थिए ।

रिहा भएका चौधरी आजै सिधै कैलालीको जानकी गाउँपालिका-६ जगतपुर स्थित घर पुग्ने बताइएको छ ।

टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।