काठमाडौं, १२ जेठ । मधेशलाई स्वतन्त्र राज्य बनाउनु पर्छ भन्दै हिँडेका सीके राउतलाई प्रहरीले फेरि पक्राउ गरेको छ । राउत मंगलबार इटहरीबाट पक्राउ परेका हुन् ।
पक्राउ पछि राउतालाई हिरासतमा राखी उनी बिरुद्ध राजद्रोहको मुद्दा चलाइएको छ । इटहरीको स्थानिय केबुल टेलिभिजनमा अन्तरवार्ता दिदै गर्दा राउत पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । इटहरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले राउत पक्राउको पुष्टि गरेका छन् ।
















प्रतिक्रिया