५ कार्तिक २०८३, बिहिबार

बोरिया गाविसमा विष्णुको मूर्ति भेटिएपछि हेर्नेको भिड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu-murtiसप्तरी, १२ जेठ । एक हप्ता अगाडि सप्तरीको बोरिया गाविसमा रहेको पुरानो पोखरीमा माटो उत्खनन गर्ने क्रममा भगवान् विष्णुको मूर्ति फेला परेपछि अहिले त्यो मूर्ति हेर्ने दर्शनार्र्थीको भिड लागेको छ ।

बोरिया गाविस–८ कट्टीटोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको मूर्ति फेला परेको थियो । स्थानीयवासी रामेश्वर महतोले धेरै वर्षदेखि त्यत्तिकै रहेको पुरानो पोखरीलाई सफा गर्ने क्रममा खनेर गहिरो गर्दा पोखरीको तल्लो भागमा विष्णुको मूर्ति भेटिएको उहाँले बताउनुभयो ।

फेला परेको मूर्तिलाई अहिले सोही ठाउँमा रहेको हनुमानजीको मन्दिरमा स्थापना गरिएको छ ।

अहिले सो ठाउँमा भगवान् विष्णुको मूर्तिको दर्शन गर्न विभिन्न गाउँबाट दैनिक पाँच सयदेखि करिब हजार दर्शनार्थी आउने गरेको मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य तथा सलहेस इन्चार्ज शैलेन्द्रप्रसाद शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार भगवान् विष्णुको मूर्ति राख्नका लागि अर्काे मन्दिर छिट्टै बनाउने पहल भइरहेको पनि बताउनुभयो । रासस