५ कार्तिक २०८३, बिहिबार

म्याग्दीमा पहिरो नरोकिँदा सडक र तलाउ खुलाउने काम प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sflnu08sLdf v:b} u/]sf] klx/f]DofUbLsf] /fDr]?( sfkmn8fF8faf6 v:b} u/]sf] ljgf;sf/L klx/f]af6 sflnu08sL gbL k"0f{ ?kdf y'lgPsf] 5 eg] @^ 3/ k'l/Psf 5g . tl:a/ M sdn vqL, DofUbL, /f;;बाबियाचौर (म्याग्दी), १२ जेठ । म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा पहिरो खसिरहेकाले अवरुद्ध बेनी–जोमसोम सडक खुलाउने तथा कालीगण्डकी थुनिएर बनेको तलाउलाई सुरक्षित रुपमा व्यवस्थापन गर्ने काम प्रभावित भएको छ ।

नेपाली सेनाले सडक खुलाउन र तलाउमा बाँकी रहेको पानीको सहज तथा सुरक्षित निकास गराउन पहल गरे पनि राम्चे–९ को काफलडाँडा पहाडबाट पहिरो खस्ने क्रम नरोकिएकाले काम सुरु गर्न नसकिएको जनाएको छ ।

निरन्तरको पहिरोले थप क्षतिको खतरा रहेकाले जनशक्ति र उपकरण तयारी अवस्थामा रहे पनि काम गर्न नसकेको नेपाली सेनाको बागलुङस्थित २३ नं बाहिनीका बाहिनीपति प्रकाश केसीले बताउनुभयो ।

पहिरोका कारण बैसरीमा करिब दुई किलोमिटर बेनी–जोमसोम सडक अवरुद्ध भएको छ भने १६ घन्टासम्म कालीगण्डकी थुनिएर बनेको तलाउबाट ३० प्रतिशत पानी निकास हुन बाँकी रहेको सोमबार घटनास्थलको अनुगमन गरेका सुरक्षा अधिकारीहरुको भनाइ छ ।

पहिरोको प्रकृति, अवस्था र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा भूगर्भविद्बाट अध्ययन गराई उनीहरुको सल्लाहका आधारमा पानीको नियमित प्रवाहलाई सुरक्षित निकास गराउने र सडक खुलाउने काम सुरु गरिने बाहिनीपति केसीले बताउनुभयो ।

पहिरो र तलाउको अध्ययन गरेर फर्कनुभएका नेपाली सेनाको कालीप्रसाद इञ्जिनियरिङ गणका प्रमुख सेनानी राजेन्द्र श्रेष्ठले पहिरोले पुनः कालीगण्डकी थुनिने र तलाउ फुट्ने तथा त्यसले तटीय क्षेत्रमा असर गर्ने खतरा नरहेको जानकारी दिनुभयो । रासस