काठमाडौं, ११ जेठ । भूकम्प पीडितको घर बनाउन गाउँमा खटिएका एकीकृत नेकपा माओवादीका एक मजदुर नेताको खुट्टा भाँचिएको छ ।
एमाओवादीले सञ्चालन गरेको श्रम अभियान अन्तर्गत काभ्रेको जैसिथोकस्थित पञ्चकन्या निमाविको भवन बनाउन गएका अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेका उपाध्यक्ष एवम् मजदुर नेता हरेराम उप्रेतीको ढुङ्गाले लागेर खुट्टा भाँचिएको हो ।
पञ्चकन्या निमाविको भवन बनाउन एमाओवादी पोलिटब्युरो सदस्य लिलामणि पोख्रेलको नेतृत्वमा श्रम टोली खटिएको छ ।
खुट्टा भाँचिएका एमाओवादी मजदुर नेता उप्रेतीको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रेबाट पत्रकार रामसुन्दर आचार्यले जानकारी दिएका छन् ।















प्रतिक्रिया