५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितको त्रिपाल बेच्ने व्यापारी धरौटीमा छुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaविराटनगर, १२ जेठ । भन्सार छुटमा भित्र्याइएका त्रिपाल बढी मुनाफा राखी बेचेको अभियोगमा मुद्दा चलाइएका विराटनगरका दुई व्यापारी धरौटीमा रिहा भएका छन् ।

अम्बिका वस्त्रालयका प्रदीप अग्रवाल र प्रणामी इन्टरप्राइजेजका जीतेन्द्र सेठिया क्रमशः रु १५ लाख र रु ११ लाखको धरौटीका कागजात पेस गरेपछि रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको कार्यकक्षमा सोमबार अपराह्न ४ बजेदेखि बेलुकी ९ः३० बजेसम्म भएको सुनुवाइमा सो बराबरको बैंक ग्यारेन्टीको कागजात पेस गरेपछि उनीहरु रिहा भएका जिल्ला प्रशासन कार्यालय, मोरङले जनाएको छ ।

कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन–२०३२ अन्तर्गत उनीहरुमाथि गत शुक्रबार मुद्दा दर्ता गरिएको थियो ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडितका लागि सरकारले त्रिपाललगायतका वस्तुमा भन्सार छुट गरेको थियो । भन्सार छुटमा भित्र्याइएका त्रिपालमा ती व्यापारीले २५ देखि ७८ प्रतिशतसम्म मुनाफा राखी बिक्री गरिरहेको बजार अनुगमनका क्रममा फेला परेपछि सो ऐनअन्तर्गत कारबाही थालिएको हो । रासस