५ कार्तिक २०८३, बिहिबार

छुट्टाछुट्टैै दुर्घटनामा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, १२ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रामनगर–२ बडेरामा ट्रक र मिनी ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गुडिरहेको ना४ख ७५५९ नं ट्रक र बा १क ३५३१ नंको मिनी ट्रक रामनगरमा गए राति ठक्कर खाँदा कपिलवस्तु भलबार घर भई नवलपरासीको सुनवल–४ बस्दै आएका २० वर्षीय आशिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी दुवै ट्रकका चालक घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको चितवनको भरतपुर र तीन जनाको बुटवलमा उपचार भइरहेको छ ।

त्यसै गरी देवागाउँ गाविस–६ मा लु१९प २२७४ नं र लु३प ४४७१ नंको मोटरसाइकल एकापसमा जुध्दा अघिल्लो मोटरसाइकलका चालक भारत महाराजगन्ज घर भएका २५ वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालक देवगाउँ– २ का वीरेन्द्र चौधरीको अस्पतालमा उपचार भइरहेको छ । रासस