
काठमाडौं, ३१ वैशाख । महर्षि धनञ्जयको बारेमा थप अध्ययन तथा खोज गरिने भएको छ ।
हिजो शनिबार राजधानीमा आयोजित धनञ्जय गोत्रीहरुको भेलाले नौ बुँदे घोषणापत्र जारी गर्दै महर्षि धनञ्जयको बारेमा थप अध्ययन तथा खोज गर्ने निर्णय गरेको हो ।
भेलाले महर्षि धनञ्जयको बारेमा थप अध्ययन अनुसन्धान गर्न पूर्व सचिव युवराज भुषालको संयोजकत्वमा एक कार्य समिति गठन गरेको छ ।
सो कार्य समितिमा प्रा.डा. भवेवर पंगेनी उपसंयोजक, ओम रिजाल कोषाध्यक्ष, प्रा. यादव हुमागाईं सदस्य सचिव तथा तथा सदस्यहरुमा रविन्द्र रिजाल, प्रा.डा. प्रेमबहादुर कुँवर, रामप्रसाद हुमागाईं, सूर्यप्रसाद भण्डारी कास्की, रुद्रनाथ बस्याल, अनन्तराज डुम्रे, सागर बख्रेल रहनु भएको जनाइएको छ ।
सो भेलाले तनहुँको देवघाट तथा सिन्धुलीको दुम्जास्थि कुश्वेश्वरमा महर्षि धनञ्जय आश्रम निर्माण गर्ने लगायतका निर्णय गरेको जनाइएको छ ।













प्रतिक्रिया