
काठमाडौं, ३१ वैशाख । मोदी इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीले यही वैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता शेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको शेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता शेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ ।
स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ ।













प्रतिक्रिया