२९ आश्विन २०८३, बिहिबार

६ करोड रुपैयाँ बराबरका जुत्तासहित तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३१ वैशाख । राजश्व छलेर काठमाडौं ल्याइँदै गरेको ६ करोड रुपैयाँ बराबरको एडिडास कम्पनीको ब्राण्डेड जुत्तासहित तीन वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपलिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

४ लाख ८८ हजार १७३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा नेपाली रुपैयाँ मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विलविजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको १४ नम्बर गण मकवानपुरले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।